Banijya News

कोरोनाका कारण पाटन अस्पतालमा उपचाररत महिलाको मृत्यु

1
1.1K Shares


श्रावण १६, काठमाडौं ।
कोरोना भाइरसको संक्रमणबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत महिलाको मृत्यु भएको छ । ललितपुरकी ६५ वर्षीया महिलाको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. विष्णु शर्माका अनुसार स्टार अस्पतालमा उपचारका क्रममा कोरोना पोजिटिभ देखिएपछि उनी साउन ६ गते पाटन अस्पताल भर्ना भएकी थिइन् । उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो ।

बिहीबार साँझदेखि श्वासप्रश्वासमा समस्या देखिएको उनको शुक्रबार मृत्यु भएको हो । ती महिलामा पहिले देखि नै उच्च रक्तचापको समस्या रहेको थियो । यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

1

Scroll to Top