Banijya News

इन्भेष्टमेन्ट बैंक दक्षिण एशियाका बैंकहरुमध्ये ‘उत्कृष्ट साझेदार’ पुरस्कार द्धारा सम्मानित

1
1.1K Shares

श्रावण १६, काठमाडौं ।
नेपाल इन्भेस्टमेन्ट बैंक (एनआईबीएल) दक्षिण एशियाका बैंकहरुमध्ये ’उत्कृष्ट साझेदार’ पुरस्कार द्धारा सम्मानित भएको छ । इन्भेष्टमेन्ट बैंकले दक्षिण एशियाका न्यून आय भएका अन्तर्राष्ट्रिय विकास संगठन (आईडीए) मुलुकहरुका बैंकमध्ये ’सन् २०१९ का लागि उत्कृष्ट साझेदार’ को सम्मान पाएको हो ।

आईएफसीले नेपालको व्यापार लगानी (ट्रेड फाइनान्स)को प्रबद्र्धनका लागि नेपाल इन्भेस्टमेन्ट बैंकसँग साझेदारी गरेको छ । जसमार्फत स्थानीय व्यवसायहरुलाई गर्ने सहयोग बढाउनका लागि बैंक सक्षम हुनेछ र उनीहरुलाई अन्तर्राष्ट्रिय व्यापारका अवसरहरु बढाउन पनि मद्दत पुग्नेछ ।

ट्रेड फाइनान्सको सहयोगले देशका ठूला र साना तथा मझौला उद्यम क्षेत्रलाई उनीहरूको विश्वव्यापी व्यापारको हिस्सा बढाउन र विश्वव्यापी अभिकर्ता बैंकहरूको फराकिलो दायराबाट मान्यता पाउन सक्षम बनाउने विश्वास लिइएको छ ।

पाँचपटक ‘फाइनान्सियल टाइम्स बैंक अफ द इयर’ अवार्ड पाएको एनआईबीएलका देशभर ८२ शाखा, १२४ एटीएम, १७ एक्सटेन्सन काउन्टरहरु, १० राजस्व संकलन काउन्टरहरु र ५६ शाखारहित बैंकिङ काउन्टरहरुबाट सेवा दिदै आएको छ ।

1

Scroll to Top