सभामुख अग्निप्रसाद सापकोटाको सरकारी निवास बालुवाटारमा कार्यरत एक पुरुष कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि तनाव भएको छ ।
ती कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै सभामुखसहित कम्तिमा ३५ जनाको स्वाब संकलन भएको छ ।
ती कर्मचारीमा शुक्रबार कोरोना पुष्टि भएको थियो ।


