भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार १ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले जनाए अनुसार भारतमा अहिले १६ लाख ९५ हजार ९ सय ८८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
जसमध्ये ५ लाख ६५ हजार १ सय ३ जनाको उपचार चलिरहेको छ । पछिल्लो २४ घण्टामा एकैदिन अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित फेला परेका हुन् ।
भारतको महाराष्ट्र, तामिलनाडु र दिल्ली कोरोनाबाट सबैभन्दा बढी प्रभावित बनेका छन् । (एजेन्सी)


