कोभिड–१९ को जोखिमका कारण विदेशमा अलपत्र परेका उनीहरु विभिन्न एयरलाइन्सले उद्धार चार्टर्ड उडानमार्फत स्वदेश फर्किने क्रम आज पनि जारी रहयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान मार्फत एक हजार १४ नेपाली स्वदेश फर्किएका छन् ।
यी उडानबाट दुई शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले दुबईबाट २ सय ६५ यात्रु र दुई बच्चा नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सले नै कुवेतबाट १ सय ४९ यात्रु र एक बच्चा ल्याएको छ भने, दुबईकै रियादबाट २ सय ५८ यात्रु र दुई शव नेपाल ल्याएको छ ।
हिमालय एयरलाइन्सले अबुधाबीबाट १४३ यात्रु र तीन बच्चा तथा दोहाबाट १५३ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै इतिहाद एयरवेजले अबुधाबीबाट १३६ यात्रु र एक बच्चा नेपाल ल्याएको छ । एयर अरेबियाले सारजाहाबाट १६८ यात्रु र एक बच्चा नेपाल ल्याएको छ ।
उद्धारलाई निरन्तरता दिएको नेपाल एयसलाईन्सले आइतवार समेत १३ वटा चार्टर्ड उडान गर्ने विमानस्थलको तालिका छ । आन्तरिकतर्फ छ वटा चार्टर्ड उडान भएका छन् ।


