श्रावण १८, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडको कर्मचारी संघले राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग सहयोग गरेको छ । संघले आविष्कार केन्द्रलाईरु २ लाख ५१ हजार सहयोग रकम हस्तान्तरण गरेको हो ।
बैंकको कर्मचारी संघका अध्यक्ष अरुण श्रेष्ठले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा.महाविर पुनलाई एक समारोहको बिच उक्त सहयोग हस्तान्तरण गरेका छन् ।
कोरोना भाइरस संक्रमण नियन्त्रणको प्रयासका लागि सीमित स्रोत साधनका बीच व्यक्तिगत सुरक्षात्मक उपकरण (पिपिई) उत्पादन गर्दै आईरहेको राष्ट्रिय आविष्कार केन्द्रलाई यस बैंकको कर्मचारी संघद्वारा उक्त रकम सहयोगस्वरुप प्रदान गरिएको हो ।
आविष्कारको क्षेत्रमा ठुलो योगदान गर्दै आएका डा. महाविर पुनले राष्ट्रिय आविष्कार केन्द्रको नेत्तृव गर्दै आइरहेका छन् । केन्द्रद्वारा उत्पादन गर्दै आईरहेको व्यक्तिगत सुरक्षात्मक उपकरणको उत्पादनमा सहयोग पुग्ने विश्वास स्वारुप उक्त सहयोग रकम हस्तान्तरण गरीएको र अन्य बैंक तथा वित्तिय संस्थाहरुलाई सहयोग गर्न उत्साहित गर्ने विश्वास लिएको बैंकको कर्मचारी संघले जनाएको छ ।


