श्रावण १८, काठमाडौं ।
तनहुको आँबुखैरनी गाउँपालिकाको कार्यालयका एक कर्मचारीमा कोरोना देखिएपछि गाउँपालिकाको कार्यालय ३ दिन बन्द गरिएको छ ।
आइतबार ४२ वर्षीय एकजना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बैठक बसेर साउन १८ देखि २० गतेसम्म को लागि कार्यलय बन्द गरिएको हो । संक्रमित कर्मचारी केही दिनअघि बिरामी आफन्तलाई भेट्न काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग गएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले बताए ।
साउन १४ गते उनी सहित क्वारेन्टिनमा बसेका ९ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये क्वारेन्टिनमा बसेका अन्य ८ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।


