Banijya News

थपिए २४६ जना कोरोना संक्रमित, १ सय ११ जना डिस्चार्ज

1
1.1K Shares

काठमाडाैँ– नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा काेराेना भाइरसको संक्रमण पुष्टि भएकाे छ। यससँगै नेपालमा काेराेना संक्रमितको संख्या १९ हजार ३ सय ३२ पुगेकाे छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस व्रिफ्रिङको क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले पछिल्लो २४ घण्टामा १ सय ११ डिस्चार्ज भएकाे जानकारी दिए। योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ६७२ पुगेको छ । आज ८ हजार ८६१ को पीसीआर परीक्षण गरिएको थियो।

अहिलेसम्म निको हुनेको संख्या १४ हजार ६०३ रहेको छ । आइतबार ८ हजार ८ सय ६१  जनाकाे पीसीआर परीक्षण गरिएकाे प्रवक्ता डा. गाैतमले बताए। हाल १० हजार ९ सय ३४ जना क्वारेन्टिनमा रहेका छन् ।

1

Scroll to Top