काठमाडौं राजधानीमा सफा ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
टेकु अस्पतालमा गरिएको परिक्षणमा एक पुरुष ट्याम्पो चालकलाई कोरोना संक्रमण पुष्टि भएको नेपाल यातायात राष्ट्रिय व्यवशायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए ।
संक्रमित चालकलाई आइसोलेसनमा राखिएको छ । सरकारले असार २६ गतेदेखि उपत्यकाभित्र तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र सार्वजनिक सवारी सन्चालनमा ल्याएको थियो। साउन ७ गतेदेखि जोर(बिजोर प्रणाली खारेज गरिएको थियो । सरकारले भदौ १ गतेदेखि लामो दुरीका सवारी साधन सन्चालनमा ल्याउने निर्णय गरिसकेको छ ।


