Banijya News

सिन्धुपाल्चोकमा ८ निमार्ण मजदुर सहित १० जनाको पहिरोले पुरेर मृत्यु

1
1.1K Shares


साउन १९, २०७७ काठमाडौं
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकामा कर्भडल निर्माणमा खटिएका ८ कामदार सहित १० जनाको पहिरोमा परेर मृत्यु भएको छ । आइतबार राति मेलम्ची नगरपालिका–११ मा पुरिएर बेपत्ता भएका ८ जनाकै शव फेला परेको छ ।
कर्भडल निर्माणमा खटिएका कामदार बसेको घर पहिरोले पुर्दा नौजना बेपत्ता भएकामा एकजनको जीवितै उद्धार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्वल महर्जनका अनुसार उद्धार गरिएका भारतीय नागरिक बारु साह बाहेक अन्य सबै ८ जनाको मृत्यु भएको हो ।
उत्त पहिरोमा पर्साको वीरगञ्जका ४२ वर्षीय राजेन्द्र चौरसिया, ३५ वर्षीय प्रदिप चौरसिया, १७ वर्षीय सोनाम लामा, २३ वर्षीय मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २५ वर्षीय विक्रम थिङ, २१ वर्षीय शिव बालक धामी, र भारतीय नागरिक राजेन्द्र चौधरी पहिरोमा पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, पाँचपोखरी थाङपाल गाउँपालिका–२ बरुवामा पहिरोमा पुरिएर दुईजनाको मृत्यु भएको छ । राति सुतिरहेको समय पहिरोले घर पुर्दा ४८ वर्षीय यज्ञबहादुर क्षेत्री र उनकी श्रीमती लक्ष्मीको मृत्यु भएको हो ।

1

Scroll to Top