Banijya News

एक तोला सुनको मूल्य एक लाख माथि, एकै दिन १६ सयले बढ्यो मूल्य

1
1.1K Shares

काठमाडौँ – सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । एकै दिन १६ सय रुपैयाँले बढेर तोलाको एक लाख भन्दा माथि पुग्दै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला र तेजावी सुनको मूल्य मंगलबार एक लाख भन्दा बढी कामय भएको हो ।

छापावाल सुनको मूल्य १६ सयले बढेर तोलाको एक लाख एक हजार चार सय पुगेको छ । यस्तै तेजावी सुनको मूल्य पनि १५ सय ३५ रुपैयाँले बढेर बुधबार तोलाको एक लाख ९ सय पुगेको छ । यस्तै चाँदीको मूल्य ६५ रुपैयाँले बढेर तोलाको १२ सय ९५ पुगेको छ । सुनको मूल्य लगातार बढ्दै जाँदा कारोबार भने कम भएको व्यवसायीले बताएका छन् ।

1

Scroll to Top