Banijya News

कर्मचारीलाई कोरोना बिमा निःशुल्क, सर्वसाधारणलाई ५० प्रतिशत छुट

1
1.1K Shares

काठमाडौँ । राष्ट्रसेवक कर्मचारीहरुको निःशुल्क कोरोना बिमा गर्न सुरु भएको छ । बिमा समितिले कर्मचारीहरुलाई कोरोना बिमाको पोलिसी हस्तान्तरण गरी उक्त कार्यक्रमको सुरु गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुको एक लाख रुपैयाँबराबरको कोरोना बिमा गरिदिने नीति लिए बताएको कोरोना बिमा निशुल्क गरेको हो ।
राष्ट्र सेवक कर्मचारीको कोरोन बिमावापतको रकम भने नेपाल सरकाले बेहोर्ने बिमा समितिले जनाएको छ । यस्तै कोरोना बिमासम्बन्धी नयाँ कार्यविधि कार्यन्वयनमा आएसँगै आमनागरिकले गर्ने सामूहिक करोना बिमामा भने ५० प्रतिशत अनुदान पाइने भएको छ ।


हाल २० वटै निर्जीवन बिमा कम्पनीमार्फत सञ्चालन भइरहेको कोरोना बिमा एक लाख र ५० बिमाङ्क रकम छ । एक लाखको कारोना बिमामा व्यक्तिगत रुपमा गर्दा एक हजार र सामूहिक रुपमा परिवारको बिमा गर्दा प्रत्तिव्यक्ति ६०० रुपैयाँ बिमाशुल्क लाग्छ । यस्तै ५० हजार बिमाङ्क रकमको बिमा गर्दा भने व्यक्तिगत रुपमा गर्दा ५०० रुपैयाँ र परिवारको सदस्यहरुको सामूहिक रुपमा गर्दा प्रतिव्यक्ति ३०० रुपैयाँ प्रिमियम तिनुपर्ने हुन्छ ।

आम नागरिकले सामूहिक रुपमा कोरोना बिमा गर्दा ५० प्रतिशत छुट पाउने भएको छन् । यसलाई आधार मान्दा सामूहिक रुपमा कोरोना बिमा गर्दा ५० हजार बिमाङ्कको १५० प्रिमियम र एक लाख रुपैयाँको कोरोना बिमा गर्दा ३०० रुपैयाँ प्रिमियममा गर्न सकिने भएको छ ।

1

Scroll to Top