प्रदेश-२ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवलाई कोरोना भाइस (कोभिड-१९) संक्रमण भएको छ । बुधबार साँझ आएको रिपोर्टमा मन्त्री यादव सहित ७ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । संक्रमण पुष्टि सँगै उनलाई मधेस भवनमा रहेको निवासकै आइसोलेसनमा राखिएको स्रोतले जनाएको छ । त्यस्तै, मन्त्रालयका अन्य ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।
संक्रमित कर्मचारी २८ देखि ५२ वर्ष उमेर समूहका छन् । उनीहरूको पद भने खुलाइएको छैन । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का ६ कर्मचारी र सामाजिक विकास मन्त्रालयका ३ कर्मचारीको पीसीआर रिापोर्ट पोजिटिभ आएको थियो ।


