काठमाडौँ– सुनको मूल्य उकालो लाग्ने क्रम रोकिएको छैन् । बिहीवार सुनको मूल्य बढेर तोलामा १ लाख २ हजार ५ सय पुगेको छ । बुधबार एक लाख एक हजार ४ सयमा बिक्री भएको सुनको मूल्य बिहिबार ११ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन बुधबार तोलाको एक लाख ९ सयमा बिक्री वितरण भइरहेकोमा बिहीबार एक लाख दुई हजार पुगेको छ । बुधबार १२ सय ९५ रुपैयाँ तोलामा कारोबार भइरहेको चाँदी तोलामा ५० रुपैयाँले बढेर १३ सय ४५ पुगेको छ ।


