Banijya News

सहाराले सर्वसाधरण लगानीकर्तालाई सेयर बेच्ने

1
1.1K Shares

सहारा विकास बैंकको लिलामीको सेयर सर्वसाधारणले किन्न पाउँने भएका छन् । बैंकले संस्थापक समूहको ९ लाख २१ हजार १४८.७० कित्ता सेयर लिलामी बोलकबोल प्रक्रियाबाट बिक्री गर्ने भएपछि उक्त सेयर सर्वसाधारणले किन्न पाउँने भएका हुन् ।

संस्थापक सेयरधनीका लागि खुला गर्दा आवेदन नपरेपछि बैंकले सर्वसाधरण लगानीकर्तालाई सेयर बेच्न उद्धेश्यले सेयर विक्री गर्न लागेको हो । बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म हकप्रद बिक्री खुला गर्दा नबिकेको सेयर अहिलले लिलामी बिक्री गर्न लागेको हो ।

यसमा संस्थापकसहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् । लिलामी सेयर किन्न इच्छुक लगानीकर्ताले साउन ३० देखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । न्युनतम १ हजार कित्ता देखि लिएर अधिकतम सबै सेयर खरीदको लागि आवेदन दिन सक्ने छन् । यसमा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।

1

Scroll to Top