पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । वीरगन्ज निवासी ति विरामीको बिहीबार साँझ मृत्यु भएको हो अस्पतालले जनाएको छ ।
ललितपुरकै स्टार अस्पतालबाट रिफर गरिएको ति विरामीमा मधुमेह र रक्तचापको समस्या रहेको अस्पतालका निर्देशक डाक्टर विष्णु शर्माले बताए ।
स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको हो । योसँगै नेपालमा कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६८ पुगेको छ ।


