Banijya News

आपूर्ति विभागमा पनि सटडाउनः १५ दिन अत्यावश्यक सेवा मात्र दिने

1
1.1K Shares

काठमाण्डौ उपत्यकाका तीनै जिल्लका सरकारी कार्यलयमा सटडाउन लागु भएको समय बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पनि सटडाउन सेवा लागु गर्ने भएको छ । विभागले आइतावरा देखि १५ दिनसम्म अत्यावश्यक सेवामात्र प्रवाह गर्ने भएको छ ।

काठमाण्डौ उपत्यकामा कोभिड(१९ को जोखिम बढेको भन्दै विभागले आजदेखि केही सेवा अनलाइनबाटै लिन सकिने व्यवस्था गरे पनि कार्यालयमा भीडभाड बढेपछि अत्यावश्यकबाहेकका सेवा केही दिनका लागि स्थगन गरेको विभागले जनाएको छ ।


बजार अनुगमन, आयात र निर्यात अनुमति तथा इजाजत र मुद्दासम्बन्धी कामे नियमित सञ्चालन गर्ने बताएको विभागले तत्कालका लागि विभागले नयाँ निजी र साझेदारी फर्म दर्ता, अत्यावश्यक वस्तु आयात गर्नेबाहेक अरु व्यापारमुलक प्रकृति भएका प्राइभेट लिमिटेड (प्रालि)को इजाजतसम्बन्धी सेवा स्थगित गरेकोे छ ।

यस्तै निजी र साझेदारी फर्म नवीकरण, संशोधन र खारेजी तथा एजेन्सी नवीकरणका काम दैनिक बढीमा २० वटा गर्ने जनाएको छ । ती सेवा लिन अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत निवेदन तथा कागजात पेस गर्नुपर्ने र पेस गरिएको निवेदन स्वीकृत भएपछि मात्र कार्यालयमा सम्पर्क गर्नुपर्ने विभागले विभागले जनाएको छ ।

1

Scroll to Top