Banijya News

काठमाडौ उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

1
1.1K Shares

काठमाडौँ उपत्यकामा सोमबार थप ४४ जनामा कोरोना भाइरसको संक्रमिण थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रबाक्ता डा जागेश्वर गौतमका अनुसार काठमाडौँमा ३६, ललितपुरका ४ तथा भक्तपुरका ४ जनामा संक्रमण पुष्टि भएको हो ।


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका १२ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।


स्टार अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौँका ८ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो । बिध ल्याब काठमाडौँमा गरिएको परिक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको छ । नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका ८ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो । ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका एकजनामा संक्रमण पुष्टि भएको प्रबत्ता गौतमले बताए ।

1

Scroll to Top