Banijya News

काठमाडौँका ११० सहित उपत्यकामा १३४ नयाँ थपिए कोरोना संक्रमित

1
1.1K Shares

काठमाडाैँ–

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३४ कोरोना संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकामा १३४ कोरोना संक्रमित थपिएको बताए। प्रवक्ता गौतमले काठमाडौँमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना पुष्टि भएको बताए

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौँका २८, भक्तपुरका ४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका २ र काठमाडौँका २० जना, पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ८ र ललितपुरका ८ जनामा संक्रमित थपिएका छन् ।

यस्तै ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ८ र ललितपुरका १ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १ र काठमाडौँका ४ जनामा संक्रमण पुष्टि भएको हो। वीर अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना,  त्रिवि शिक्षण अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौँका १३ र ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ५ जना, स्टार अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका १४ र ललितपुरका १ जनामा संक्रमित थपिएका छन् ।

वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौँका ३ जना र भेरी अस्पताल प्रयोगशाला नेपालगंजमा गरिएको परिक्षणमा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरि विध ल्याबमा गरिएको परिक्षणमा काठमाडौँका २ र ललितपुरका २ जना, काठमाडौँ मेडिकल कलेज सिनामंगलमा गरिएको परिक्षणमा काठमाडौँका २ जना छन् ।

1

Scroll to Top