पछिल्ला दिनमा काठमाडौ उपत्यकामा कोरोना संक्रमण तीब्र रुपमा बढेर गएको छ । त्यस्सै क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एकै परिवारका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिने ८ जना वडा नम्बर १० पञ्चकन्या चोकका हुन् । बाहिर कतै नगएका परिवारमा कोरोना देखिएको हो । कोरोना संक्रमण हुने क्रम बढेको । बुढानिलकण्ठ नगरपालिकका अधिकांश स्थामा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमण पुष्टि हुने परिवार न्यूरोडमा व्यापार गर्ने ३८ वर्षीय पुरुषको हो । परिवारले सुरुमा हृयाम्स अस्पतालमा परीक्षण गरेको थियो ।
पहिलो परीक्षणमा नतिजा नेगेटिभ आए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा भने नतिजा पोजिटिभ देखिएको हो । त्यस्तै, वडा नं १ फलवारी मार्गकी ३३ वर्षीया महिला, फुलवारी कोलोनीका ३५ वर्षीय पुरुष, वडा नं ४ शिव मन्दिरका ३४ वर्षीय पुरुष, वडा नं ३ देउवा चोकका ३२ वर्षीय पुरुष र वडा नं ८ मण्डिखटारका ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ ।


