काठमाडौं। कम्यूटर एशोसिएसन (क्यान) ले उद्योग वाणिज्य महासंघको निर्वाचन तथा साधारण सभा अनलाइन माध्यमबाट गर्न सकिने बताएको छ । बारम्बार चुनाब सर्दे गएपछि सुझाव स्वरुप क्यानले यस्तो सम्भावना देखाएको हो ।
महासंघले निर्वाचन र साधारण सभा गर्ने उपायबारे सुझाव मागेपछि क्यानले अनलाइन भोटिङबाट निर्वाचन र वेभिनार माध्यमबाट साधारण सभा गर्न सकिने बताएको हो।
क्यानले महामारीको समयमा आफू बच्न र अरुलाई बचाउनु पर्ने भएकाले सुरक्षित तरिकाले निर्वाचन र साधारण सभा सम्पन्न गर्न अनलाईन माध्यम प्रयोग गर्न सकिने बताएको जानकारी दिइएको छ।
महासंघले चाहेमा अनलाइन भोटिङ र वेबिनारको माध्यमबाट साधारण सभा सम्पन्न गर्ने जिम्मेवारी समेत लिने बताइएको छ।


