Banijya News

वीरगञ्जमा थप एक संक्रमितको मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या १०१ पुग्यो

1
1.1K Shares

वीरगन्जमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालको अस्थायी कोरोना विषेश अस्पताल गण्डकमा उपचारको क्रममा शुक्रबार राति वीरगञ्ज १२ मुर्लीका ६० वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ज्वरो आएपछि यही साउन २४ गते अस्पताल भर्ना भएका उनी अस्पतालमा उपचार गर्दे गर्दा मृत्यु भएको हो । उनको उपचारका क्रममा गएराति मृत्यु भएको कोभिड अस्पताल नारायणीका ईन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।

उनको पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएका थियो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०१ पुगेको छ ।

1

Scroll to Top