गण्डकी प्रदेशमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारको स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा गण्डकीमा थप १० जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितमा कास्कीका ३, तनहुँ, बागलुङका २-२, गोरखा, स्याङ्जा, नवलपरासी (बर्दघाट सुस्तापूर्व ) का १र१ जना रहेको विज्ञप्तिमा भनिएको छ ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ९२ पुगेको छ । निर्देशनालयका अनुसार कोरोना पुष्टि भएका सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।


