Banijya News

नेपालमा कोरोनाबाट १०३ को मृत्यु, २२ महिलाको मृत्युहँुदा पुरुष भने ८१ पुगे

1
1.0K Shares

कोरोना भाइसरको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १०३ पुगेको छ । मृत्यु हुनेमा महिला भन्दा पुरुषको संख्या ४ गुण बढी रहेको छ । त्यस्मा पनि युवाहरुको मृत्युदर धेरै देखिएको छ । हालसम्म नेपालमा २२ महिलाको मृत्युहुँदा ८१ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको पुष्टी गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार कपिलवस्तु पर्सा र धनुषाका एक रएक गरी ३ जना को मृत्यु भएको हो । रुपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कपिलवस्तु ७ मायादेवीका ४० बर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । निमोनिया भएपछि गत विहीबार उनी अस्पताल भर्ना भएका थिए ।


यस्तै, कोरोना संक्रमण पुष्टि भएपछि पर्साको वीरगञ्जस्थित नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा ७ दिनदेखि उपचार गराइरहेका वीरगञ्ज मुर्लीका ६० बर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको थियो । ती पुरुषमा गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनी उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसीसका बिरामी थिए ।

धनुषाको जनक नन्दनी गाउँपालिका–४ निवासी ५० वर्षीय पुरुषको गत बिहिबार कोरोनाका कारण निधन भएको मन्त्रालयले पुष्टी गरेको छ । नारायणी अस्पतालमा आज विहान मृत्यु भएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिका २० अठराहा सुगौलीका ४७ वर्षीय पुरुषको मृत्यु भएपछि स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले बताए ।

1

Scroll to Top