श्रावण ३२, काठमाडौं ।
पछिल्लो समय कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि पूर्वी चितवनका चार नगरपालिकामा भदौ ७ गते सम्म निषेधाज्ञा जारी गरिने भएको छ । आईतबार राति १२ बजेदेखि चार नगरपालिकामा एकैपटक निषेधाज्ञा लागू गर्न लागिएको हो ।
रत्ननगर, कालिका, खैरहनी र राप्ती नगरपालिकाका प्रमुखहरूको आईबार बसेको बैठकले निषेधाज्ञा गर्ने निर्णय गरेको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए ।
नगरपालिकाले संयुक्त रुपमा निर्णय गरेर प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई जानकारी गराइएको हो ।
त्यस्तै उक्त बैठकले बकुलहर रत्ननगर अस्पतालमा कोरोना आइसोलेसन बनाउने र रत्ननगरमा समेत कोरोना परिक्षणको लागि प्रयोगशाला माग गर्ने निर्णय गरेको छ । त्यस्तै भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा भने यसअघि नै निषेधाज्ञा जारी गरिएको छ ।


