श्रावण ३२, काठमाडौं ।
चौथो त्रैमासमा युनिलिभर नेपालको नाफा ५ करोड २० लाख रुपैयाँले घटेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनी नाफा ३ गुणाले घटेको हो ।
गत आर्थिक वर्षमा कम्पनीले ३५ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षकोे भन्दा पनि कम हो । अघिल्लो आवमा कम्पनीले १ अर्ब ६ करोड ५४ लाख खुद नाफा आर्जन गरेको थियो । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण रोकथामका लागि गरिएको लकडाउनका कारण कम्पनीको विक्री आम्दानी घटेकाले नाफामा असर परेको हो ।
गएको वर्ष कम्पनीले कूल आम्दानी ५ अर्ब ६८ करोड गरेको छ । अघिल्लो वर्ष ६ अर्ब २७ करोड आम्दानी गरेको थियो । त्यस्तै अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा गत आर्थिक वर्षकोे सोही अवधिमा कम्पनीको विक्री आम्दानी २५ प्रतिशत घटेको छ ।
कम्पनीको समग्र उत्पादन तथा बिक्री पनि १ अर्ब ५७ करोड रुपैयाँबाट घटेर १ अर्ब १६ करोड रुपैयाँमा सिमित रहेको छ । हाल कम्पनीको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ । यसको रिजर्भ कोषमा १ अर्ब ८७ करोड ८८ लाख रुपैयाँ सञ्चित भएको छ ।


