काठमाण्डौ । साताको दोस्रो दिन सोमबार नेप्से परिसूचकमा दोहोरो अंकले वृद्धि भएको छ । हाल बजारमा लगानीयोग्य पूँजीको प्रयाप्तता, सहज शेयर कर्जाले बजारमा लगानीको वातावरण बनिरहदाँ सार्वजनिक भइरहेका कम्पनीहरुको चौथो त्रैमासको वित्तीय विवरणको कारण बजार माथि गएको छ । सोमबार यसैलाई पच्छयाउँदै नेप्से परिसूचक १०.७५ अंकको वृद्धिसँगै १४०२.२१ को विन्दुमा पुगेको छ ।
आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ११ वटाको कारोवार सकारात्मक रहयो । यस दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको शून्य दशमलव १५ प्रतिशत परिसूचक घटेको छ भने बाँकी समूहको बढेको छ । आज बैंकिङ समूहमा ६.५९ अंक, विकास बैंक समूहमा ९.९४ अंक, वित्त समूहमा ०.१७ अंक, होटेल्स् समूहमा १४.१६ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५.८२ अंक, लघुवित्त समूहमा ७.६३ अंक, म्युचुअल फन्ड समूहमा ०.०४ प्रतिशत, अन्य समूहमा १०.३७ अंक र व्यापार समूहमा ७.१३ अंकको बढोत्तरी भयो ।
सोमवार बजारमा रु १ अर्ब ७ करोड ४९ लाख ३२ हजार बराबरको शेयर कारोबार भएको छ । १८४ ओटा कम्पनीको १६ हजार ७२४ पटकको व्यापारमा उक्त रकम बराबरको ३५ लाख ९१ हजार ४८ कित्ता शेयर खरीदविक्री भएको छ । यो दिन निर्जीवन बीमा समूहमा सबैभन्दा बढी १६२.१३ अंक र जीवन बीमा समूहमा १०६.२३ अंकले बढयो । आज जलविद्युत् समूहमा १.४७ अंकको गिरावट आएको छ ।


