Banijya News

पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि

1
1.0K Shares

पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५८१ जना संक्रमित भेटिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले  पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।

नेपालमा कोरोना संक्रमणपछि थप १६० जना संक्रमित निको भई घर फर्किएका छन् । प्रवक्ता प्राडा गौतमले पछिल्लो २४ घण्टामा निको भएकासँगै हालसम्म १७ हजार ४ सय ९५ जना संक्रमित निको भएको जानकारी दिए। यो कुल संक्रमितमध्ये ६४.२ प्रतिशत हो। पछिल्लो समय ११ हजार ५२० को परीक्षण गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

1

Scroll to Top