Banijya News

राजस्ब बोर्डको अध्यक्षमा दाहाल नियुक्त

1
1.1K Shares

काठमाडौं । सरकारले राजश्व बोर्ड गठन गरेको छ । बोर्डको गठन आदेश पास भएसँगै सोमबार बसेको मन्त्रिपरिषद बैठकले पूर्व सचिव महेश प्रसाद दाहाललाई बोर्डका अध्यक्षमा नियुक्त भएका छन् ।


सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बोर्डको गठन भएको र दाहाललाई सदस्यमा नियुक्त गरेको बताए । साथै बोर्ड सदस्यमा अर्थमन्त्रालका पूर्व सह सचिब निर्मलहरी अधिकारीलाई नियुक्त गरेको छ । अधिकारी हाल राष्ट्रिय बाणिज्य बैंक सञ्चालक समितिको अध्यक्ष छन् ।


राजश्व बोर्डले अब राजश्व प्रशासनका काम कारवाही, भावी सुधार योजना, करका दर दायराका बिषयमा अध्ययन गरेर सरकारलाई सुझाव दिनेछ ।

1

Scroll to Top