Banijya News

निषेधाज्ञालाई थप कडाई पारिने, सुरक्षा घेरामा सेनापनि परिचालन गर्ने सरकारको निर्णय

1
1.1K Shares

देशका करिब ४५ जिल्लामा लागु गरिएको निषेधाज्ञा कडा पारिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैकठले कोरोना महामारीको जोखिम बढिरहेको भन्दै निषेधाज्ञालाई थप कडा पार्ने निर्णय गरेको छ । यस्को लागि गृहमन्त्राले विशेष पहल गर्ने निर्णय गरेको हो । शुक्रवारसम्म कम्तिमा ४५ जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयले जनाएको छ । केही जिल्लाहरुमा निषेधाज्ञा जारी गर्ने तयारीसमेत भइरहेको छ । संक्रमणको उच्च जोखिम भएका क्षेत्र तथा जिल्लाहरुमा पनि आवजातलाई नियन्त्रण गर्ने सरकारले निर्णय गरेको छ । स्वास्थ्य प्रोटोकललाई अनिवार्यरुपमा पालना गराउने निर्णय भएको एक मन्त्रीले बताए ।


निषेधाज्ञा कडा पार्न काठमाडौं उपत्यकामा गृहमन्त्रालले समन्वयन अनुगमन गर्ने छ भने अन्य जिल्लाहरुमा प्रमुख जिल्ला अधिकारीले अनुगमन र समन्वय गर्नेछन् । साथमा सेनापनि सुरक्षा घेरामा रहने सरकारले निर्णय गरेको छ । यस्तै मोबाइल गस्ती बढाउने, निषेधा उल्लंघन गर्नेमाथि कारबाही गर्नेसम्मका निर्णयहरु मन्त्रिपरिषद्ले गरेको छ । जनस्वास्थ्य मापदण्ड तथा प्रोटोकल र सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउने भन्दै सरकारले त्यसको अनुगमन र कारबाही गर्ने अधिकारसमेत सम्बिन्धित मन्त्रालय र स्थानीय प्रशासनलाई दिएको छ ।अत्यावश्यकरुपमा हिँडडुल गर्नुपर्ने आवतजावत गर्नेहरुले पनि मास्क, स्यानिटाइजर र सामाजिक दुरीको अनिवार्य रुपमा पालना गर्नुपर्ने सरकारले निर्णय गरेको छ ।


मन्त्रीपरिषदले विदेशमा अलपत्र परेका नेपालीलाई हवाई मार्ग मार्फत स्वदेश ल्याउन सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गरी चार्टर उडान सुचारु गर्ने निर्णय गरेको हो । साउदी अरब, यूएई, कतार, कुवेत, मलेसिया आदि मुलुकबाट तोकिएको संख्यामा यात्रु आउन पाउने गरी उद्धार उडानलाई निरन्तरता दिने सरकारले निर्णय गरेको हो । यसरी स्वदेश फर्किएका नेपालीहरु अनिवार्य रुपमा सात दिन क्वारेन्टिनमा बस्नुपर्ने छ । यसरी होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।


मन्त्रिपरिषद्ले विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुने पनि बताएको छ । साथै एकदिनमा बढीमा तीनवटा फ्लाइटसम्म मात्रै सरकारले उडान अनुमति दिने मापदण्ड बनाएको छ ।
मन्त्रिपरिषद्ले सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड बनाएको छ । उनीहरुले पनि होटल खर्च आफैंले व्यहोर्नुपर्ने छ । होटल खर्च व्यहोर्न नसक्नेहरुको हकमा स्थानीय समितिले व्यवस्थापन गर्ने भनिएको छ ।

यस्तै सरकारले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारी, सामुदायिक र निजी अस्पतालले आफ्नो क्षमता अनुसार आईसोलेसन बढाउने निष्कर्ष निकालेको छ । काठमाडौं उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या उच्च दरमा बढ्न थालेपछि आईसोलेन बढाउने निर्णय गरेको हो ।
तर, सबै देशका नेपालीहरुले नेपाल आउन पाउने भने होइनन् । सरकारले कोरोनाको जोखिम कम भएका मुलुकको नाम नै तोकेर ती मुलुकबाटमात्र नेपालीहरु स्वदेश फर्किन पाउने निर्णय गरेको हो ।
यसअघि सोमबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विदेशबाट फर्किनेहरुका लागि क्वोरिन्टनको ब्यबस्था नभएको भन्दै चार्टर्ड तथा उद्धार उडान स्थगित गरेको थियो ।
सरकारले काठमाडौं उपत्यकामा ६ हजार आइसोलेशन बेड बनाउने निर्णय गरेको छ । यसका लागि सरकारी, निजी र सामूदायिक स्वास्थ्य संस्थाहरुको प्रयोग गर्ने सरकारले निर्णय गरेको छ । यसका लागि आवश्यक खर्च कोरोना संक्रमण रोकथाम कोषबाट जुटाइने छ । यस्तै उपत्यकामा आइसीयू र भेन्टिलेटरको समेत व्यवस्था गर्नका लागि अर्थमन्त्रालयबाट बजेट विनियोजन गर्ने सरकारले निर्णय गरेको छ ।

काठमाडौंबाहिर भने प्रदेश सरकारको मातहतमा रहेको प्रदेश कोभिड संकट व्यवस्थापन केन्द्रले आइसोलेशन बेड बनाउनुपर्ने निर्णय सरकारले गरेको छ । यसको खर्च पनि कोरोना संक्रमण रोकथाम कोषबाट गरिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

1

Scroll to Top