काठमाडौं, भदौ ५ ः ललितपुरको पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका दुई जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले एक विज्ञप्ति निकालेर सार्वजनिक गरेको छ । पाटन अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाका ४६ वर्षीय पुरुषको पनि शुक्रबार बिहान मृत्यु भएको छ । उनी साउन ३१ गते पाटन अस्पताल भर्ना भएका उनलाई कोरोनाबाहेक अन्य रोग थिएन् । सधै अन्य रोगले पनि ग्रसित भएकाको मात्र मृत्यु भएको समाचार बाहिर आएका समय एक निरोधी कै मृत्यु भएको हो ।
त्यस्तै, अस्पतालका अनुसार उपचारका क्रममा दोलखाकी ३० वर्षीया महिलाको शुक्रबार बिहान मृत्यु भएको हो । उनी भदौ २ गतेदेखि पाटन अस्पतालमा भर्ना भएर आइसियुमा उपचाररत थिइन् । उनमा भने पाठेघर सम्बन्धी रोग थियो । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २९ पुगेको छ ।


