काठमाडौं । कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ८ लाख २ हजार ८८९ जनाको मृत्यु भएको छ । त्यस्तै २ करोड ३१ लाख५ हजार ७८ जनालाई संक्रमण भएको बल्र्डेमिटरले जनाएको छ ।
कोरोना संक्रमण पछि विश्वमा १ करोड ५७ लाख ८५२ जना संक्रमण मुक्त भएका छन् । विश्वमा ६१ हजार ८३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख ७९ हजार २ सय जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५७ लाख ९६ हजार ७ सय २७ पुगेको छ ।
त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या १ लाख १३ हजार ४ सय ५४ पुगेको छ भने संक्रमितको संख्या ३५ लाख ३६हजार ४ सय ८८ पुगेको छ । त्यस्तै अर्को देश रसियामा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ हजार १ सय ८९ पुगेको छ भने संक्रमितको संख्या ९ लाख ४६ हजार ९ सय ७६ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसका कारण अहिलेसम्म ५५ हजार ९२८ जनाको मृत्यु भएको छ भने २९ लाख ७३ हजार ३६८ जनालाई संक्रमण भएको छ । त्यस्तै २२ लाख २० हजार ७९९ जना संक्रमण मुक्त भएका छन् भने ६ लाख ९६ हजार ५४१ जना उपचाररत छन् । त्यस्तै ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । भारतमा शुक्रवार मात्रै ६९ हजार ३९ जना संक्रमित थपिएका छन् भने ९५३ जनाको मृत्यु भएको छ ।


