Banijya News

नेपालमा पछिल्लो २४ घण्टामा ६३४ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ३१ हजार १ सय १७ पुग्यो

1
1.1K Shares

नेपालमा पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप ६३४ जनामा कोरोना पुष्टि भएको बताए। यो सँगै नेपालमा संक्रमितको संख्या ३१ हजार १ सय १७ छ। १२ हजार ६ सय २१ संक्रमित छन्। निको भएर डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ।

प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या १२ हजार ६२१ रहेको छ।  काठमाडौं उपत्यकामा २ सय १६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए।

1

Scroll to Top