Banijya News

कोरोना संक्रमणबाट नेपालमा थप ९ जनाको मृत्यु, पुग्यो मृत्यु हुनेको संख्या १४६

1
1.1K Shares

नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी गराए ।


उनका आनुसार कोरोना संक्रकमणबाट सुनसरीमा एक ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुष, पर्सामा ६१, ५८, ४८ पुरुष सहित २ जनाको मृत्यु भएको छ । त्यस्तै, बारामा ५८ वर्षीय एक पुरुष, सिरहामा ६८ वर्षीय एक बृद्ध पुरुष, मकवानमुरमा ५६ वर्षीय एक पुरुष र भक्तपुरमा ७३ वर्षीय बृद्धको निधन भएको हो । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको उनले जनाकारी दिए ।

1

Scroll to Top