चीनियाँ कम्पनीले कोरोना भाइरस नियन्त्रणका लागि उत्पादन गरेको भ्याक्सिन नेपालमा रहेका चीनियाँ कामदार तथा कर्मचारीलाई परीक्षण गरिने भएको छ । आइतबार बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको मन्त्रीस्तरीय बैठकले नेपालमा चिनियाँ भ्याक्सिनलाई परीक्षणका लागि अनुमति दिएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा.प्रदीप ज्ञवालीका अनुसार उक्त कम्पनीले नेपालमा रहेको होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि सो भ्याक्सिन परीक्षण हुने भएको छ । यसका लागि होङ्सी शिवम् सिमेन्ट उद्योगमा कार्यरत एक हजार चिनियाँ कामदारमाथि के कसरी ट्रायल गर्ने भन्नेबारेमा परिषद्ले सम्भाव्यता अध्ययन गरिरहेको छ ।
सोमबारदेखि नै परिसदले सोबारे चिनियाँ पक्षसँग छलफल सुरुगर्ने बताएको छ । यसअघि नै परिषद्ले स्वास्थ्य मन्त्रालयबाट भ्याक्सिन ट्रायलका लागि अनुमति लिइसकेको जनाइएको छ ।
त्यसोत, विश्व स्वास्थ्य संघठनले पनि परिषद्लाई नेपालमा भ्याक्सिन ट्रायलका लागि बेलायतको अक्सफोर्ड गु्रपसँग मिलेर काम अघि बढाउन अनुमति दिइसकेको छ । ज्ञवालीका अनुसार चीन, रूस र युके अक्सफोर्ड भ्याक्सिन गु्रपले उत्पादन गरेको भ्याक्सिन नेपालमा पनि थर्ड फेज क्लिनिकल ट्रायल हुने जानकारी दिए ।


