Banijya News

चितवनमा १२ जना नयाँ कोरोना संक्रमित थपिए

1
1.0K Shares

८ भदौ, चितवन । चितवनमा १२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । संक्रमित हुनेमा एक पाँच वर्षीया बालिका समेत रहेकी छिन् ।
कोभिड–१९ प्रयोगशालामा आइतबार राति गरिएको परीक्षणमा ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा भरतपुर महानगरपालिकाका पाँच वडाका रहेका छन । महानगरपालिकाका वडा नं., ७, ९, १०, ११ र १२ मा संक्रमितहरु फेला परेका हुन् । भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ नमुना परीक्षण गरिएको अस्पतालकी डा नितु अधिकारीले बताईन् ।

1

Scroll to Top