Banijya News

विराटनगरमा कन्ट्याक ट्रेसिङमा परेका एक कोरोना संक्रमितको अस्पतालमै मृत्यु

1
1.1K Shares

८ भदौ, विराटनगर । कोरोना संक्रमणबाट विराटनगरमा थप एकजना मृत्यु भएको छ । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा आइतबार राति करिब १० बजे विराटनगर–८ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले बताएको छ ।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आइतबार बेलुकी कोशी अस्पताल भर्ना गरिएको थियो । ४ भदौमा स्वाब संकलन गरेका पुरुषको आइतबार कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । त्यपछि उनलाई कन्ट्याक ट्रेसिङ गरेर असस्पताल लगिएको थियो । विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १० पुगेको छ ।

1

Scroll to Top