राष्ट्रिय वाणिज्य बैंकको सञ्चालकमा प्राडा उपेन्द्र कोइरालाले नियुक्ती पाएका छन्। कोइरालालाई नेपाल सरकारको निर्णयले सोमबार बैंकको सञ्चालकमा नियुक्त गरेको हो।
सोमबार नियुक्ति पाएका प्राडा उपेन्द्र कोइराला उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी पनि हुन्।
प्राडा कोइराला नेपाल आयल निगमको कार्यकारी निर्देशकसमेत भइसकेका छन्। उनी मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व उपकुलपतिसमेत हुन्।
राष्ट्रिय वाणिज्य बैंक हाल मूनाफालगायतका सूचकका आधारमा देशकै पहिलो बैंक हो ।


