Banijya News

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ लाख २९ हजार माथि, संक्रमित दुई करोड ४३ लाख ३० हजार पुगे

1
1.1K Shares

काठमाडौं, भदौ ११।
विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ८ लाख २९ हजार ६ सय १९ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ६८ लाख ७२ हजार चार सय ९७ नाघेको छ । विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ४३ लाख नाघेको छ । वल्र्डोमिटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ४३ लाख ३० हजार सात सय १९ पुगेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३७ लाख २२ हजार ४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार ९० जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख १७ हजार ७५६ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६० हजार ६२९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ७५ हजार ९९५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ३३ लाख ७ हजार ७४९ पुगेको हो ।

त्यस्तै, आज विहानसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म १९ हजार पाँच सय चार जनाले कोरोना जितेका छन भने एक सय ७५ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । बुधबार मात्रै नेपालमा ११ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

1

Scroll to Top