नेपाल आइडल तेस्रो सिजनको उपाधी सज्जा चौलागाईंले जितेकी छिन् । दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता घोषित भएकी हुन् । गतराती भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् । उनले किरणकुमार भुजेल र प्रविण भेडवाललाई पछि पार्दै उपाधी चुमेकी हुन् ।
यस्तै, प्रविण भेडवाल फस्ट रनरअप बने भने वाइल्ड कार्डबाट प्रवेश गरेका किरण कुमार भुजेल तेस्रो स्थानमा सीमित रहे ।


