संगीता पौडेल –
काठमाडौं–
बानेश्वरको अस्पतालमा श्रीमानको उपचार गराईरहेकी निर्मला थापाले अस्पतालमा लागेको उपचार खर्च तिर्न पैसा नपुगेपछि अफ्नो गहना राष्ट्रिय बाण्ज्यि बैंकमा धितो राखेर पैसा निकालीे अस्पतालको चार्ज तिरेर अफ्नो श्रीमानलाई अस्पतालबाट डिस्चार्ज गरिन । यो आर्थिक संकटमा निर्मलाको अभरमको गर्जो टार्ने बस्तु बनेको छ सुन । त्यस्तै ललितपुरका राजिब कोइरालाले नयाँ जग्गा किन्न लाग्दा अफ्नो घरमा रहेको सुन धितो राखेर पैसा निकाली जग्गा खरिद गरेका छन । यी त प्रतिनिधी पात्र मात्र हुन पछिल्ला दिनमा सुन धेरै नेपालीको एउटा भरपर्दे अभरको गर्जो टार्ने बस्तु भएको छ । अर्थशास्त्रमा बिलासिताको बस्तुमा मापन हुने पहेलो धातु सुन दिनँहु घट्ने र बढने प्रकृतीको हुने भएकाले यो सुन आम नेपालीका लागि एउटा लगानीको भरपर्दै आधार भएको छ । शेयर बजारलगातार रुपमा धटिरहेको बेला नेपाल राष्ट्र बैंकले घर जग्गा करोबारमा कडाई गरेपछि सुन लगानीको केन्द्रबन्दु भएको हो ।
सुन जडित गहना महिलाको सवैभन्दा लोकपृय सिड्गारको सामाग्री भएकोले लगानी कर्तालाई सुन एउटा थप आकर्षणको सामाग्री भएको छ । सांस्कृत महत्बका कार्जे पटि बिबाह भोज भतेर जस्ता समारोहमा महिलाहरुको आकर्षणको केन्द्रबिन्दु नै गहना हुँदैआएको छ । सुनचाँदी ब्यबसायीहरुका अनुसर गहनाका परखीमा पुरुष भन्दा महिला बढी हुने गरेका छन् । प्रयःगरेर पुरुषहरु महिलाको उक्साहटमा गहनामा लगानी गदै भएका छन् । स्पस्टसँग भन्नु पर्दा पुरुषलाई गहना किन्न महिलाले नै उकासनु पर्दछ । एकातीर घरमा आमा श्रीमती दिदी बहिनीको सुन किन्ने चाहाना त अर्को तीर प्रतिदिन सुनको मुल्य बढने प्रकृतिले गर्दा सुनमा थप लगानी भैरहेको छ ।
समुदाय बीचको अलग गहनाका पहिचानले गर्दा पनि सुन खपत बेशी हुदै आएको पाइन्छ ।
बजारमा सुन भन्नाले गहना भन्ने जनाउँदछ । नेपालमा गहना खरिद गर्ने समुदायको अफ्नै किसिमका बिशेषता छन् । माडबारी, तराईबासी र पाहाडबासी समुदायले आफ्नै जातिय बिशेषता इाल्काउने किसिमका गहना प्रयोग गर्ने गरेका छन् । सहरी महिलाहरुले गहना आफ्नो पहिरनमा मिलायर लगाउने गरेका धेरै उधारण पइन्छ । उता ग्रामिण महिलाहरुले प्रायगरेर परम्परा धान्ने गहनाहरुको प्रयो ग गर्ने गरेका छन । ग्रामिण महिलाहरुले परम्परागत गहना प्रयोग गर्ने गरेतापनी यो आधुनिकतासँगै परिबर्तनहुदै गएको छ । पुराना चलनअनुशारका गहरगहनाहरुको आकार र तौल हाल निरन्तर धट्ने क्रममा छन । बजारमा नयाँ डिजाएनका गहनाको माग बृद्धि हुदै जादाँ सुन खपत पनी बृद्धि हुदै गएको छ । यो सोन्दर्यको साधन मात्र भएको छैन सुन जो अभरको गर्जो टार्ने एउटा गतिलो माध्याम पनि भएको छ । परम्पराबादी सोचमा सुन खरीद गर्नु सोन्दर्य र अभाव चलाउँने माध्यम भएको छ ।
सुनको लगानी अभरको गर्जे टार्ने त भयो नै अर्केतर्फ सुन प्रति ऐतिहासिक धारणा पनि छ । इतिहास र संस्कृतिमा सुनलाई महत्व दिइएकोे कारण, सुन लगानीका लागि राम्रो छैन भनेर सर्वसाधारण मान्न तयार हुदैनन् । हामी सुनलाई एक सम्पत्ति मान्छौं । हामी यसलाई त्यस्तो मुद्रा मान्छौ जसले प्रत्येक ऐतिहासिक समस्यामाथि विजय हासिल गर्न सफल भयो । राजा महाराजाहरुले सुनलाई नै सम्पत्ति माने । बिजय र हारमा सुनलाई नै आफू सुरक्षित हुने माध्यम माने । सुन बहुमूल्य छ किनकि प्रत्येक व्यक्ति विश्वास गर्दछ कि यो बहुमूल्य छ । धेरै व्यक्तिको लागि, यो धारणा पर्याप्त हुन्छ । यद्यपि यसको आधुनिक मान्यता अनुसार गम्भिर भएर निर्णय नलिदासम्म सुनमा लगानी गर्ने निर्णय नगर्नु विवेकी निर्णय हुनेछ ।
सुनमा लगानी गर्नु बेफाइदा
सुन प्रत्येक नेपाली परिवारको एक महत्वपूर्ण हिस्सा हो । सुनको बारेमा परम्परागत धारणामा यो एक सरल र धेरै उपयोगी लगानी हो, खराब समयको सहारा हो । तसर्थ प्रत्येक परिवारले सुनमा लगानी गर्नुपर्दछ । यस धारणामा विश्वास गर्नेहरू सोच्छन् कि सुन सजिलैसँग बिक्री गरेर पैसा कमाउन सकिन्छ । यति मात्र होईन, यसबाट उच्च मूल्य पाउने आशा पनि रहन्छ । सुनको बारेमा दोस्रो र थोरै आधुनिक सोच यो अरु वस्तुहरु जस्तै साधन हो । जो बचतको सन्दर्भमा फाइदाजनक हुँदैन ।
कानूनी रुपमा पनि सुनमा गरिएको लगानी मानिन्छ । तर केहि कारण यो राम्रो लगानी होईन । फेरी प्रश्न आउन सक्छ कुन मापदण्डका आधारमा लगानी राम्रो वा नराम्रो मानिन्छ त ? यसको सरल उत्तर हो यसबाट आउने रिटर्न, तरलता, स्थिरता जस्ता कारणले लगानी राम्रो होइन । सुनमा लगानीको बास्तविकता खोज्दा सुनमा लगानीको राम्रो विकल्प भेट्न सकिदैन् ।
प्रश्न यो पनि छ कि प्रतिफल नै एक मात्र कारण हो जसमा सुनलाई राम्रो लगानीको रूपमा लिन सकिदैन । यस्तो पनि होइन रिटर्न बाहेक पनि त्यस्ता केही कारणहरू छन्, जसको कारण सुनलाई राम्रो लगानी भन्न सकिदैन । सुन यस्तो श्रेणीको लगानी हो जसबाट केही पनि उत्पादन हुँदैन । सुन मूल्यवृद्धिको अवधारणामा मात्र छ जहाँ आम सर्वसाधारण बेच्ने क्रममा कोही यसको लागि बढी तिर्न इच्छुक देखिन्छन् ।
इक्विटी, बन्ड वा अन्य योजनाहरू बाहेक सुनमा लगानी गरिएको पैसाले अर्थव्यवस्थामा योगदान पु¥याउँदैन । समान पैसा व्यापारमा वा अरू कुनै उत्पादक आर्थिक क्रियाकलापमा खर्च गरेर राम्रो धन कमाउन सकिन्छ । त्यो पैसा अरू पनि धेरै ठाउँको लगानीमा बढ्न सक्छ । सुनले यस्तो क्षेत्रकमा कुनैपनि भूमिका खेल्दैन् । तपाईंले खरिद गर्नुभएको सुनको मात्रा उतिकै रहनेछ । सम्पत्ति दृष्टिकोणबाट पनि तपाईंको सम्पत्ति उतिकै रहन्छ । बेचेर धेरै कमाउँने आशामा गरिएको लगानी अन्तत नेपाल जस्तो मुलुकमा घाटामा हुन्छ ।
सुनमा लगानी गर्नु आवश्यक छैन ?
उत्तर स्पष्ट छ । वर्तमान वित्तीय प्रणालीका बारे सचेत र अन्य लगानी विकल्पहरू भएकाहरूका लागि सुनमा लगानीको कुनै अर्थ छैन् । यदि त्यस्ता व्यक्तिहरूले सुनमा लगानी गर्छन् भने निश्चित रूपमा यसलाई गलत निर्णय भनिन्छ । सुनमा लगानी वित्तीय क्षेत्रमा विश्वस नगर्नेहरुको लागि मात्र हो । अर्केतर्फ यो समाजमा रवाफ देखाउँन मात्र प्रयोग हुन्छ । जुन कालन्तरमा गएर घाटामा परिणत हुन्छ ।
सुन हरेक नेपाली परिवारको एक महत्वपूर्ण अंश हो । प्रत्येक परिवार विश्वास गर्छन् कि सुन एक राम्रो र सजिलो लगानी हो । समस्यामा सुन उपयोगी छ । तर के सुन साँच्चै राम्रो लगानी हो ? यदि तपाईंले तथ्यहरूलाई हेर्नुभयो भने, जवाफ आउँछ ’होईन’ । अर्थव्यवस्थामा सुनको पैसाले कुनै भूमिका खेल्दैन । सुनले लगानी भन्दा वैकल्पिक मुद्राको रूपमा काम गर्दछ । यसलाई यसैको रुपमा लिनु राम्रो हो ।
बैंकमा भन्दा पसलमा आकर्षण
बैक तथा बित्तीय संस्थाहरुको बिकाशसँगै हाल बैकमा सुनको कारोबार हुन थालेको छ । नेपालमा क बर्गका वणिज्य बैंकले सुनको कारोबार गदै आएको पाइन्छन् । बैकहरुको बिकाश अगाडि साहुमहाजनले सुन लिदै ऋण दियर ब्याज कमाउने गरेकामा हाल पनी यो चलन घटेको छैन । हिजोआज पनि सुन मालिकहरु बैकमा भन्दा सुन पसलमानै सुन बन्दकी राखेर पैसा सापटी लिने गरेका छन् । बंैकमा कागजी झन्झड बेहोर्न पर्ने भएकाले गर्दा सुनका परखीहरु सुन पसल धाउनै बढी मन पराउँछन् । भनेको समयमा आम उपभोक्ताते तुरुन्त सुन राखेर ऋण पउने भएकाले आम उपभोक्त्त सुन पसल बेशी जाने गरेको पइन्छ । तर यो बैकको जस्तो सुरक्षित र भरपर्दाे भने होइन । केही बर्पयता सरकारी र निजी स्तरका बैंकहरुले सुन राखेर ऋण दिदै आएपनि सुनको ठुलो कारोबार ब्यापारीबाटै हुने गरेको छ । बैकले वीमा र ब्याज गरि करिब ११ प्रतिशत लिने भएपनि बजार मूल्यको ३० देखी ३५ प्रतिशत कम गरेर मूल्यांकन गर्ने गरेका छन् । उता पसलेहरुले २० देखी २५ प्रतिशत कम गरी मूल्यांकन गरी ऋण दिने गरेको बजारमा पाइन्छ । बिगत केही बर्ष यता सुन पसलमा घाटा खाएर विक्री गर्नेको संख्या पनि बढदो छ ।
सुन कारोबार शंकाको घेरमा
राष्ट् बैकले सार्बजनिक गरेको आकडा अनुसार सुुनको आयत हेर्ने हो भने सुन अब धनढयहरुको धन थुपार्ने बस्तु भएको छ । शेयर बजार बढ्दै जाँदा केन्दीय बैकले धरजग्गाको कारोबर नियन्त्रणा गर्न लगानीको निश्चित दायरा तोक्नुले लागानीको अन्तीम बिकल्प सुन देखेका आम लगानी कर्ता अन्तत ः सुन खरीदमा उत्साहित देखिन्छन । सुन आयातको स्थिती हेर्ने हो भने यो केही पहुँचबालाले ठुलो परिमाणमा खरीद गरी आफ्नो घरको लकर दराजमा राखेको सहजै अनुमान गर्न सकिन्छ ।
खरीद विक्रीमा ब्यापारीको झेल
नेपली सुन बजारमा उपभोक्ता मार्कामा परेका छन । यसको एउटा कारण सुन खरीद गरेपछि बिक्री गर्न खरीद गर्ने पसलमानै बिल सहित जानु पर्ने हो । सुन पसलले गहना निर्माण गर्दा हाल्ने केमिकलका कारणले नेपाली बजारमा एउटा पसलले बिक्री गरेको सुन अर्केा पसलेले नकिन्ने गरेको छ । सुन दैनिक रुपमा उपभोक्ताले खरीद बिक्री गर्न नसक्ने हँुदा खरीद गर्ने समय पसल संचालकहरुले बिकी गर्ने बेलामा नभेट्दा उपभोक्ता केही प्रतिशत बजन कटाएर धाटा खाइ बिकी गर्ने बध्यए छन् । अर्को ज्याल र जर्तीको नाममा सधै आम उपभोक्ता ठगिने क्रम बढेर गएको छ ।
नेपालमा सुन कारोबार
राष्ट् बैकले सार्वजनीक गरेको ५ महिनाको आयात । निर्यात प्रतिबेदनले नेपालमा सुन उल्लेखय परिमाणका आयात भएको देखाउँछ । प्रतिबेदनले समर्ग २० अर्ब निकाशी हँुदा सोहि २० अर्ब बराबरको सुन आयात भएको देखाउँदछ । यो परिमाण हेर्दा सुनमाथिको लगानीले अर्थतन्त्रमा ठुलै चुनैति दिएको छ । चुनैती थपिदै जादा राष्ट बैकले सुन आयातमा कडाइ गरेको छ । बिलासिताको बस्तुमा मापन हुने सुन उल्लेख्य रुपमा भित्रिएको कारण समर्ग अर्थतन्त्रलाई नै प्रभाब पर्ने भएपछि राष्ट्र बैकले सुनको आयत घटाउन कडा रणनीति अक्यिार गरेको हो । उल्लेख्य मात्रामा सुन भित्रीएको तथ्याडक भएपनि त्यो काँहा छ भन्ने यकिन आकडा राज्यसँग छैन् । सरकार सुनको लगानी बारे अनभिज्ञ रहेको बेला सुन राजनीति गर्ने र कालो कारोबारमा सामेल हुने ब्याक्तीको पोल्टामा गएको पुष्टी हुदै गएको छ ।
अमेरिकी डलर अन्य प्रमुख मुद्राको तुलनामा कमजोर भएपछि पहेले धातु सुनको मुल्य बढने र डलर मजबुद हुँदा सुनको मुल्य घट्ने हुन्छ । डलर संचिती गर्नैहरु सुनतर्फ आकर्सित भएपछि नेपाली बजारमा सुन बृद्धि हुने गरेको हो । यहि प्रबिधीलाई पछयाउद्रै स्थानिय बजारमा भन्दा यो बर्ष सुनको मुल्य आकाशिदै गएको छ । स्थानिय बजारमा अधिल्लो बर्षमात्र ६० हजारको हाराहारीमा रहेको सुन यतिखेर झण्डै लाख रुपैयाको हाराहारीमा पुगेको छ ।
अन्र्तराष्ट्रिय बजारमा सुनको माग र मुल्य बढेपछि त्यसको असर नेपाली बजारमा पर्ने गरेको छ । बिगतमा दैनिक ५ किलोको हाराहारीमा सुन बिक्री हुने गरेकोमा हाल मूल्य बृद्धिसँगै यो परिमाण घटेको छ । ब्यबसायीका अनुसार केहि बर्ष पहिले प्रयोगका लागि सुन खरिद गर्ने गरीएको भएनि हाल करिब २५ प्रतिशत नाफा कमाउने उदेश्यले सुन खरिद गर्ने गरियको हो । यसमा सुन अन्य सम्पती जस्तो बाहिर नदेखीने भएकोले कालो तथा सेतो कारोबार गर्ने दुबै पक्षको आर्कषण लगानीको केन्द्र बनेको पाइन्छ ।


