Banijya News

कोरियाका कृषिजन्य वस्तु नेपालमा, नेपालका कोरियामा बिक्री गरिने

1
1.0K Shares

नेपाल र दक्षिण कोरियाका सामान एक अर्का देशमा विक्री बितरण गरिने भएको छ । गैरआवासीय नेपाली संघ, शेष घले समूहका अध्यक्ष विनोद कुँवरले दक्षिण कोरियाका किसानले उत्पादन गरेका कृषि सामग्रीहरु नेपालमा बिक्री वितरणका लागि नेपालमा कोरिया–नेपाल विजनेश कोलाबरेशन सुरु गरेका छन् ।

कोरिया–नेपाल बिजनेश कोलाबरेशन अन्तर्गत नेपालमा उत्पादित अदुवा, बेसारलगायतका कृषिजन्य वस्तुको कोरिया निर्यात गरिनेछ । कोरियाको सरकारी कृषि बैंक अन्तर्गत संचालित किम्जे कृषि सहकारी संस्था र नेपालको विजे इनटरनेशनल प्रालिबीच कोरियन कृषि सामाग्री विक्रि वितरण गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर पनि भएको छ ।

किम्जे कृषि सहकारी संस्थाका अध्यक्ष लि जङ योङ र विजे इन्टरनेशनल प्रालिका तर्फबाट विनोद कुँवरले ललितपुरमा आयोजित एक कार्यक्रमबीच सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।

कोरियामा रहेका कृषकहरुले उत्पादन गरेको चामल, बेसारबाट बनेको मादक पदार्थ तथा अन्य उत्पादनहरु नेपालमा बिक्री वितरणका साथै नेपालमा समेत कोरियन प्रविधिबाट उत्पादन गर्नका लागि सहयोग गर्ने गरी सम्झौता गरिएको कुँवरले जानकारी दिए ।

1

Scroll to Top