Banijya News

सिवाईसी नेपालद्वारा सातौं साधारण सभा आह्‌वान, बुक क्लोज कहिले ?

1
1.1K Shares

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी साउन ३० गते साधारण सभा गर्ने भएको छ । साउन ८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले संस्थाको सातौँ साधारण सभा पोखरामा रहेको होटल दिपसागरमा आयोजना गर्ने निर्णय गरेको हो ।

उक्त सभा अन्य कुनैपनि लघुवित्तसँग एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

यस्तै, सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८१/८२ को वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने र आव २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साधारण सभा प्रयोजनका लागि संस्थाले साउन १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ, साउन १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा भाग लिन सक्नेछन् ।

1

Scroll to Top