रोजगारीका लागि फागुन महिनामा साढे ६५ हजार नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागकाअनुसार फागुनमा ६५ हजार ६ सय ५८ जनाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका हुन् ।
फागुनमा नयाँ तथा पुनः श्रम स्वीकृति लिनेमा ६ हजार ७ सय ६८ महिला छन् भने बाँकी पुरुष रहेका छन् । यस वर्षको फागुनमा विदेशिने नेपालीको संख्या अघिल्लो वर्ष सोही महिनाको तुलनामा बढी हो । अघिल्लो वर्षको फागुनमा ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।
तथ्यांक अनुसार यो वर्ष आठ महिनामा पौने ५ लाख नेपाली विदेशिएका छन् ।


