Banijya News

टेलिकमका प्राविधिक अधिकृतविरुद्ध १ करोड ६१ लाखको भ्रष्टाचार मुद्दा दायर

1
1.0K Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्राविधिक अधिकृत निर्मलप्रसाद सिटौलाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले सिटौलाविरुद्ध १ करोड ६१ लाख २० हजार रुपैयाँ बिगो कायम गरी आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले सिटौलालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १४ बमोजिमको कसुरमा एक करोड एकसठ्ठी लाख बीस हजार चार रुपैयाँ तीस पैसा बिगो कायम गरी आर्जन गरेको सम्पत्तिसमेत जफत हुने मागदाबी मुद्दा दायर गरिएको अख्तीयारले जनाएको छ ।

सिटौलाले कार्यालयमा हाजिर गर्नुका साथै छुट्टै काम गरी व्यापार व्यवसाय गरेको र ठेक्का लिई प्रतिनिधिको रुपमा हस्ताक्षरसमेत गरी भ्रष्टाचार गरेको उजुरी अख्तियारमा परेको थियो ।

1

Scroll to Top