Banijya News

सबैभन्दा खराब हावाको गुणस्तर भएका देशहरूको सूचीमा नेपाल आठौँ स्थानमा

1
1.0K Shares

स्विस एयर क्वालिटी टेक्नोलोजी कम्पनी आईक्यू एयरको रिपोर्ट अनुसार हावाको गुणस्तर सबैभन्दा खराब भएको देशहरूको सूचीको नेपाल आठौँ स्थानमा रहेको छ ।

सूचीको शीर्ष स्थानमा बंगलादेश रहेको छ । हावामा प्रदूषणको कणको हिसाबले बंगलादेशको हावा सबैभन्दा खराब छ। त्यसपछि क्रमशः छिमेकी मुलुक पाकिस्तान र भारत रहेका छन् । रिपोर्टका अनुसार दिल्ली लगातार चौथो पटक विश्वको सबैभन्दा प्रदूषित राजधानी मानिएको छ ।

चौथो स्थानमा तजिकस्तान, पाँचौँ स्थानमा बुर्किना फासो, छैटौँ स्थानमा इराक र सातौँ स्थानमा यूएई रहेका छन् ।

प्रतिवेदनका अनुसार विश्वका सात देशको हावाले मात्र विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा गरेको छ । यसमा अस्ट्रेलिया, इस्टोनिया, फिनल्याण्ड, ग्रेनाडा, आइसल्याण्ड, मौरिसस र न्यूजिल्याण्ड पर्छन्।

 

1

Scroll to Top