Banijya News

मिटरब्याज पीडितलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी गर्न आग्रह

1
1.0K Shares

मिटरब्याज पीडित सम्बन्धी जाँच बुझ गर्न गठित आयोगले मिटरब्याज पीडितहरुलाई आफ्नो समस्याबारे २१ दिन भित्र उजुरी दिन आह्वान गरेको छ ।

शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितहरूलाई आफ्नो त्यस्ता लेनदेनका कागजात र विवरण बारे सरकारलाई जानकारी दिन एक फारम भर्न र आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको हो ।

आयोगले गृह मन्त्रालयको वेब साइटमा रहेको फारम डाउनलोड गरी उक्त फारमसँगै त्यस्ता अनुचित लेनदेनका लिखत, टिपोट, सर्तनामा लगायतका सबै सम्झौताका कागजात फोटोकपी गरेर प्रशासनमा बुझाउन भनेको छ ।

’यस अघिको अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग, २०७९ बाट संकलन भई फछ्र्यौट हुन बाँकी रहेका उजुरी निवेदनहरू र त्यसपछि यो आयोग गठन हुनु अघिका निवेदन उपरको कारवाहीका सम्बन्धमा नेपाल सरकार, गृह मन्त्रालयको मिति २०८०/१०/०८ को पत्रमा स्वीकृत कार्यविधि एवं अनुचित लेनदेनसम्बन्धी वर्तमान कानूनी व्यवस्था अनुसार कारवाही सुचारू हुनेछ ’आयोगद्वारा जारी सूचनामा भनिएको छ ।

1

Scroll to Top