Banijya News

धरहरा टपरी ममलाई २ लाख जरिवाना, खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरेको आरोप

1
1.1K Shares

काठमाडौँको सुन्धारास्थित धरहरा टपरी ममलाई काठमाडौँ महानगरपालिकाले २ लाख रुपैयाँ जरिवाना गरेको छ। नियमित बजार अनुगमनका क्रममा उक्त मम पसलले बिक्रीका लागि तयार पारेको मममा धातुको औँठी फेला परेको र खाद्य गुणस्तर मापदण्डको पालना नगरिएको पाइएपछि यो कारबाही गरिएको हो।

काठमाडौँ महानगरपालिकाको कृषि तथा खाद्य विभागका प्रमुख एवं निरीक्षण अधिकारी नुरनिधि न्यौपानेका अनुसार, धरहरा टपरी ममले पटक-पटक महानगरको निर्देशनलाई बेवास्ता गर्दै खाद्य स्वच्छता र गुणस्तर कायम नगरेको पाइएको छ।

महानगरपालिकाले व्यवसायका सञ्चालकलाई ७ दिनभित्र जरिवाना रकम बैङ्क मार्फत जम्मा गरी महानगरको कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। साथै, भविष्यमा खाद्य स्वच्छता र मापदण्ड पूर्ण रूपमा पालना गरेर मात्र उत्पादन र बिक्री गर्न पनि सचेत गराएको छ। यो कारबाहीले खाद्य पदार्थको गुणस्तरमा लापरबाही गर्ने अन्य व्यवसायीहरूलाई पनि चेतावनी दिएको छ।

1

Scroll to Top