Banijya News

कुमारी बैंक र नेसनल प्याथ ल्याबबीच सम्झौता

1
1.0K Shares

कुमारी बैंक लिमिटेड र काठमाडौंको टंगालस्थित नेसनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर लिमिटेडबीच विभिन्न परिक्षण सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौताअनुसार, कुमारी बैंकका ग्राहकहरुलाई ल्याबबाट प्रदान गरिने विभिन्न परिक्षण सेवाहरुमा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिनेछ ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २८६ शाखा सञ्जाल, ३०४ एटिएम, ४१ एक्सटेन्सन काउन्टर तथा ४० शाखा रहित बैंकिङ ईकाईहरुमार्फत ग्राहकवर्गलाई सुरक्षित, भरपर्दो र उच्चस्तरीय सेवा सुविधा उपलब्ध गराउँदै आएको छ ।

ग्राहकको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै बैंकद्वारा मेदान्त, इन्द्रप्रस्थ एपोलो लगायतका देश तथा विदेशका प्रतिष्ठित अस्पतालहरूसँग विशेष छुटसम्बन्धी सम्झौताहरू सम्पन्न गरिएका छन्, जसले गुणस्तरीय स्वास्थ्य सेवामा सहज र प्रभावकारी पहुँच सुनिश्चित गरेको छ ।

1

Scroll to Top