नवनियुक्त महानिर्देशक (डिजी) रोशन ज्ञवालीले पदभार ग्रहण गरेसँगै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिंहदरबार परिसरमा रहेका क्यान्टिनहरूको अनुगमन सुरु गरेको छ।
सोमबार गरिएको अनुगमनका क्रममा नेपाल टेलिभिजनको क्यान्टिनलाई ५१ हजार रुपैयाँ जरिवाना गरिएको छ। विभागका निरीक्षण अधिकृत अमितकुमार झाका अनुसार, उक्त क्यान्टिनले दर्ता प्रमाणपत्र, मूल्य सूची र अन्य आवश्यक कागजातहरू नराखी सञ्चालन गरेको पाइएपछि यो कारबाही गरिएको हो। ‘यो पहिलो पटक भएकोले हामीले न्यूनतम जरिवाना लगाएका हौँ,’ झा भन्छन्।
यसैगरी, अनुगमन टोलीले महाबौद्धस्थित एक कस्मेटिक पसलमा पनि अनुगमन गरेको थियो र आवश्यक सुधारका लागि सामान्य निर्देशन दिएको छ।


